देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा

देशान्तर

काठमाडौं – चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुग्ने भन्दै विकास बोर्डको अध्यक्षमा आवेदन दिएका अन्य उम्मेदवारले केसीलाई नियुक्त गर्ने ९ साउनको मन्त्रिपरिषदको निर्णय खारेज गर्न माग गर्दै रिट दिएका हुन् ।

विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उतीर्ण हुनुपर्ने भए पनि केसीले प्रमाणपत्र तह मात्र उतीर्ण गरेकाले भन्दै नियुक्ति बदरको माग गरेका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले रिट दर्ता भएको र सोमबार प्रारम्भिक सुनुवाइ हुने जानकारी दिए ।