देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनै पूर्णिमाको अवसरमा देशभरका मन्दिरमा भक्तजनको भीड

देशान्तर

काठमाडौं – जनै पूर्णिमा एवं रक्षाबन्धनको अवसरमा आज (शुक्रबार) बिहानैदेखि पाटनको कुम्भेश्वरसहित देशभरका मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ ।

साथै पशुपतिनाथ, गोकर्णेश्वर, सन्तानेश्वर, किराँतेश्वर, तनहुँको देवघाट धाम र रसुवाको गोसाईकुण्ड, लगायतका धार्मिक स्थलमा शुक्रबार बिहानैदेखि स्नान गरी शुद्ध हुने र मन्दिरमा ब्राह्मण, पुरोहितहरुले मन्त्रिएका जनै र रक्षाबन्धन लगाउने प्रचलन रहेको छ ।

हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा (ऋषि तर्पणी) मनाउने गरिन्छ । शुक्रबार बिहानैबाट यज्ञोपवित एवं रक्षाबन्धन गरेर जनै पूर्णिमा मनाईएको छ । शुक्रबार दिनभर नै रक्षाबन्धन र जनै लगाउने गरिन्छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ र पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र बाँध्ने गर्छन् ।