काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाश मान सिहले कांग्रेसले आफूले गरेका कामका बारेमा प्रचार गर्ने नसकेको बताए ।
आइतबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ को प्रशिक्षण कार्यक्रममा नेता सिंहले देशमा यतिका परिबर्तनको नेतृत्व गरेको पार्टीले गरेका कामको बिषयमा जनताले अनुभूत गर्नेगरी छलफल गर्नुपर्नेमा जोड दिए । उनले कांग्रेसले देश र जनताको पक्षमा गरेका कामको बारेमा सबैतिर राम्रोसँग जानकारी दिनुपर्ने उल्लेख गरे ।
नेता सिंहले राजनीति परिवर्तन आईसकेकाले अब जनताले अनुभूत गर्नेगरी आम नागरिकको जीवन सहज हुने गरि आर्थिक सम्पन्नता तर्फ केन्द्रीत हुनु पर्ने बताए। कांग्रेसले बोलेर भन्दा पनि काम गरेर देखाउनु पर्ने नेता सिंहको भनाई छ ।
बर्तमान सरकार जनताको जनादेशको सरकार भएको भन्दै यसलाई अवमूल्यन गरेर नेकपा एमालेले परमादेशको सरकार भन्नु गलत भएको भन्दै कांग्रेस अरु पार्टी जस्तो जिम्मेवारी बाट भाग्ने पार्टी नभएको नेता सिंहले बताए । उनले कांग्रेसले परिस्थिति लाई समाल्दै अगाडि बढेको उल्लेख गरे।
अब कांग्रेसले अब आर्थिक सम्पन्नताको अभियान का कार्यक्रम सहितका एजेन्डा लिएर जनतामा जाने पनि नेता सिंहले बताए ।





प्रतिक्रिया