देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

देशान्तर

काठमाडौं – नेकपा (माओवादी केन्द्र)  को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज सोमबार दिउँसो एक बजे बस्नेगरी बोलाइएको बैठक भोलि मंगलबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार अध्यक्षको कार्यव्यस्थताका कारण बैठक सरेको हो ।

आसन्न निर्वाचनको रणनीति, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँगको सहकार्यलगायतका समसामयिक राजनीतिका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।