देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कास्कीकोटमा दही जात्रा हुँदै

देशान्तर

काठमाडौं – पोखरा महानगरपालिका–२४ स्थित धार्मिक एवं पर्यटकीयस्थल कास्कीकोटमा आगामी भदौ ४ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा दही जात्रा गरिने भएको छ।

परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ विगत छ वर्षयता गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा जात्रा गरिँदै आइएको छ । कोरोना कहरका कारण यसअघिका वर्षमा रोकिएको दही जात्रा यस वर्ष भने विभिन्न सांस्कृतिक झाँकी, बाजागाजासहित गर्न लागिएको समितिका सचिव एवं जात्रा संयोजक ठाकुरप्रसाद त्रिपाठीले बताए।

समितिले भजन चुट्का तथा विभिन्न झाँकीसहित कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरेको छ । सहभागी उत्कृष्ट समूहलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।