देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दैलेखका सिडियोमाथि कारबाही गर्न कांग्रेसकी सांसद परियारको माग

देशान्तर

काठमाडौं – सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले दैलेखका प्रमुख जिल्ला अधिकारी (सिडियो) हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

गृह मन्त्रालयको निर्देशन अनुसार नागरिकतामा आफ्नो नाम सच्याउन पुगेका कर्णबहादुर कामीमाथि जातीय विभेदलाई प्रश्रय दिने गरी अपमानपूर्वक व्यवहार गरेको भन्दै सिडियो प्याकुरेलमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका हो ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कानुनभन्दा आफूलाई माथि राखि दलितमाथि दुर्व्यवहार गर्ने सिडियो प्याकुरेलले गृह मन्त्रालयको निर्देशनलाई समेत पालना नगरेर जातीय दम्भ देखाएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

सांसद परियारले लोकतन्त्रमा कर्मचारीहरू शासक नभई जनताको सेवक हुने भएकाले उनीहरूले जनसेवाको काम नगरे सरकारले तत्काल कारबाही गर्नुपर्ने पनि बताए ।