देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यस्तो छ आजको मौसम

देशान्तर

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार(आज) प्रदेश १ मा सामान्य बदली रही देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र देशका अन्य भूभागमा आंशिक बदली रहने जनाएको छ। प्रदेश १ र बागमती प्रदेशका केहि तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

त्यस्तै बिहीबार(भोलि) दिउँसो लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

भोलि राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ र सुदुरपश्चिम प्रदेशका थोरै तथा अन्य प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। बाँकी भू–भागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

प्रदेश १ र बागमती प्रदेशका केहि तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन माहाशाखाले अनुराेध गरेकाे छ।