देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजदेखि ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको उत्पादन र प्रयोगमा रोक

देशान्तर

काठमाडौं – सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, आयात, बिक्रि(वितरण तथा प्रयोगमा निषेध गरेको छ ।

वातावरण विभागका अनसार आजबाट यो निर्णयको कार्यान्वयन भए नभएको बारे कडा अनुगमन हुने भएको छ । नेपाल सरकारले १९ असोज २०७८ मा राजपत्रमा सूचना निकाल्दै ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो । यस्तो सूचना राजपत्रमा प्रकाशित गरिएको थियो ।

मन्त्रिपरिषदले १७ माघ २०७८ मा प्लाष्टिक झोला प्रतिवन्ध सम्बन्धी कार्ययोजना २०७८ समेत स्वीकृत गरेको थियो । यसलाई १ भदौबाट कडाईका साथ पालना गरिने विभागले जनाएको छ । कोभिड १९ का कारण सरकारले बीचमा यो निर्णयलाई खुकुलो छाडेको थियो ।

अब यस्तो वस्तुको प्रयोग वा बिक्रि गरेको पाइएमा वातावरण संरक्षण ऐन र नियमावली अनुसार कारावाही हुने विभागले जनाएको छ । नेपालका वातावरण प्रदूषण, नदी नाला र ढल निकासमा समेत यस्ता प्लाष्टिकको प्रयोगले प्रदुषण बढाएको विभागको भनाइ छ ।