देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

झापा–१ बाट निर्वाचन लड्ने विश्वप्रकाश शर्माको घोषणा

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट नै निर्वाचन लड्ने घोषणा गरेका छन् ।

शर्माले आज बुधबार ट्वीट गर्दै काठमाडौं क्षेत्र नम्बर ५ बाट नभई झापा क्षेत्र नम्बर १ बाट आफू निर्वाचनमा उम्मेद्वार बन्ने बताएका हो ।

उनले ट्वीटरमा लेखेका छन्, ‘फेरि प्रस्ट्याऊँ । वाग्मतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो । काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछुनै तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मान साथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’

शर्मा २०७४ सालको निर्वाचनमा झापा क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र) का राम कार्कीसँग पराजित भएका थिए । कार्कीले ३६ हजार एक सय ७३ मत ल्याउनु भएको थियो भने शर्माले ३३ हजार तीन सय १० मत मात्रै पाएको थिए ।

त्यसबेला नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर बाम गठबन्धन गरेर चुनाव लडेका थिए ।