देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नागरिकता विधेयक हुबहु पारित : पक्षमा १३५, विपक्षमा ६० मत

देशान्तर

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

राष्ट्रपति भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित भएको हो ।

बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत र प्रस्तावको विपक्षमा ६० मत परेको हो ।

एमाले सांसदहरुले संवेदनशील विषय भएकाले ध्वनी मतबाट नभई मत विभाजनबाट विधेयकको टुंगो लगाउन माग गरेपछि सभामुखले मत विभाजन गराएका थिए ।