नेपाली कांग्रेस धनकुटाको टोलीले काठमाडौंमा केन्द्रीय कार्यसमितिका केही पदाधिकारीसँग छलफल गरेको छ । केन्द्रीय उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री भिष्मराज आङदम्बेसँग भेट गरी समग्र धनकुटा पार्टीको अवस्था र आसन्न आम निर्वाचनका विषयमा छलफल गरेको हो । छलफलका क्रममा टिकट वितरण गर्दा जिल्लाको सिफारिसको आधारमा मात्र गर्न सुझाव दिएको छ ।
नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई,जिल्ला सचिव विजय सन्तोषी राई, महालमक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राया, सागुरीगढी गाउपालिकाका अध्यक्ष तथा प्रदेश सभा क्षेत्रीय सभापति जितेन्द्र राई, महाधिवेशन प्रतिनिधि करुणा कटुवाल, क्षेत्रीय सदस्य राजेश्वर वहादुर श्रेष्ठ लगायतले आसन्न निर्वाचन जित्नका लागि केन्द्रको समेत महत्वपूर्ण सहयोग हुनु पर्नेमा जोड दिएका छन् ।
धनकुटामा संघ र प्रदेशको उम्मेदवाहरु चयन गर्दा जिल्लाको सिफारिसको आधारमा लोकप्रिय नेताहरुलाई उम्मेदवार बनाउनु पर्ने समेत सुझाव दिएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिए ।





प्रतिक्रिया