देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी केन्द्रले आज पनि पदाधिकारी टुङ्गो लगाउन सकेन

देशान्तर

काठमाडौँ – पदाधिकारी टुङ्गो लगाउन बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि कुनै निष्कर्षमा नपुगी सकिएको छ ।

बिहान बसेको स्थायी कमिटी बैठकमा पदाधिकारीबारे छलफल भए पनि टुङ्गो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण पनि पदाधिकारीको टुङ्गो लाग्न नसकेको बताए । उनका अनुसार पदाधिकारीबारे लगभग टुङ्गिएको छ । निर्णय गर्न मात्र बाँकी छ ।

यसबारे थप छलफल गरी निर्णय गर्न भोलि दिउँसो १ बजे फेरि बैठक बस्ने उनले जानकारी दिए । बैठकमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा विषयमा पनि छलफल भएको महराले बताए ।