देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्थानीय बासिन्दाको आन्दोलनका कारण चाबहिल–साँखु सडक खण्ड बन्द

देशान्तर

काठमाडौँ – स्थानीय बासिन्दाको आन्दोलनका कारण काठमाण्डौको चाबहिल–साँखु सडक खण्ड बन्द भएको छ ।

प्रहरीका अनुसार बिहान साढे ८ बजेदेखि यो सडक खण्डमा एम्बुलेन्स र स्कुल बस बाहेकका अन्य गाडी चल्न दिइएको छैन ।

यो सडक खण्ड अन्तर्गतको थलीमा सडक मर्मतको माग गर्दै स्थानीय बासिन्दाले बाटो अवरुद्ध गरेका प्रहरीले जनाएको छ ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याले सास्ती भएको भन्दै स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन् ।

स्थानीय बासिन्दाले यसअघि पनि सडक मर्मतको माग गर्दै आन्दोलन गर्दै आएका थिए । गएको चैतमा सडकक मर्मत गर्ने सहमतिपछि आन्दोलन रोकिएको थियो । तर, सहमति अनुसार काम नभएपछि फेरि उनीहरुले सडक अवरुद्ध पारेका हुन् ।