देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेता गिरिको निधनबाट नयाँ समाजवादी धारको विकासमा क्षति : नेता भट्टराई

देशान्तर

काठमाडाैं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट नयाँ समाजवादी धारको विकासमा ठूलो क्षति पुगेको बताएका छन् ।

पैतालीस वर्ष निरन्तर गिरिसँगको गहन बौद्धिक विमर्शले आफूलाई ठूलो ऊर्जा प्रदान गर्ने गरेको स्मरण गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले गिरिको निधनमा निःशब्द रहेको जनाएका छन् ।

‘नयाँ समाजवादी धारको विकासमा लागेका हामी सबैलाई उनको निधनले ठूलो क्षति पुगेको छ’, अध्यक्ष भट्टराईले ट्वीटमा भनेका छन् । उनले गिरीप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना प्रकट गरेका छन् ।