काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदूतहरूको पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् । ब्राजिलका राजदूत निर्मलराज काफ्ले र कोरियाका राजदूत प्राध्यापक डा. ज्योति प्याकुरेल (भण्डारी) लाई आइतबार सपथ ग्रहण गराएकी हुन् ।
राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा आयोजित एक समारोहमा राजदूतको पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो । सो अवसरमा सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।





प्रतिक्रिया