काठमाडौं – संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको हो ।
यसअघि, आइतबारको लागि तय गरिएको बैठक स्थगित गरेर सोमबारको लागि बोलाइएको हो । कांग्रेसका सांसद गिरीको निधनकै कारण आइतबारको बैठक स्थगित गरिएको थियो ।
साथै सोमबार नै बस्ने राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सांसद गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।






प्रतिक्रिया