देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महानगरपालिकाले अण्डरग्राउण्ड पार्किङका पसल र गोदाम हटाउन सुरु

देशान्तर

काठमाडौं – काठमाडौं महानगरपालिकाले अन्डरग्राउन्ड पार्किङमा सञ्चालित पसल तथा गोदामहरु हटाउन सुरु गरेको छ ।

गत साउन १ गते ३५ दिने सूचना दिएर अण्डरग्राउण्डका पसल र गोदामहरु हटाउन भनेको महानगरपालिकाले सोमबारदेखि फिल्डमै उत्रिएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफैं नयाँ बानेश्वर क्षेत्रमा पुगेर अण्डरग्राउण्डमा राखिएका पसलहरु हटाउने अभियान सुरु गरेका हुन् ।

भवन निर्माण गर्दा पार्किङको नक्सा पास गरेका तर पार्किङको सट्टा पसल र गोदामका लागि भाडामा लगाएका स्थानका पसलहरु हटाउन थालिएको हो । महानगरका सवै वडा र टोलमा अनुगमन गरेर जुन प्रयोजनका लागि नक्सा पास गरिएको सोही प्रयोजनमा प्रयोग गराउने पनि महानगरपालिकाले जनाएको छ ।