काठमाडौं – नेपाल विद्यालय कर्मचारी परिषदले यही भदौँ १२ गतेदेखि देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेको छ।
सरकारले माग सम्बोधन नगरेको भन्दै १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक बन्द गर्ने कर्मचारी परिषदले घोषणा गरेको हो।
कर्मचारी परिषदले अन्य आन्दोलनका कार्यक्रमहरु पनि घोषणा गरेको छ। यही ९ गते विरोध र्याली प्रदर्शन खुल्ला मञ्चदेखि माइतीघर मण्डलासम्म गरिने,१० र ११ गतेसम्म डिजिटल आन्दोलन र १९ गतेको दिन काठमाडौंमा बृहत प्रदर्शन गर्ने कर्मचारी परिषदले प्रेस विज्ञप्ति जारी गरि जनाएको छ। परिषद्का उपमहासचिव प्रेम बहादुर खत्रीले भने, सरकारले हाम्रा माग पूरै बेवास्ता गरेकाले यस्तो कठोर निर्णय लिनुपरेको होु उनले थपे, ुआफूहरूका माग पूरा नभए अझ सशक्त विरोधका कार्यक्रम गर्नेछौँ।
किन आन्दोलित छन् विद्यालयका कर्मचारी रु
यसअघि पनि कर्मचारीहरुले विभिन्न आन्दोलन गरिसकेका छन्। विद्यालय कर्मचारी सहायक(लेखापाल)हरुका लागि ३४ हजार ७३० तलब कायम हुनुपर्ने,विद्यालय सहयोगीहरूका लागि २४ हजार २१० तलब कायम हुनुपर्ने,संघीय शिक्षा ऐन शिक्षा ऐन २०२८ को संशोधनमा प्रबन्ध गरिनु पर्नेलगायत उनीहरुको माग छ।






प्रतिक्रिया