देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही हुन्छ : प्रचण्ड

देशान्तर

काठमाडौं -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा पार्टीभित्रको अन्तर्घातबारे छानविन गर्न गठित समितिको प्रतिवेदन अनुसार कारबाही प्रकृया अघि बढाइने बताएका छन् ।

पार्टी कार्यालय पेरीसडाँडामा समिति संयोजक टंक राइले पेश गरेको प्रतिवेदन बुझ्दै प्रचण्डले प्रतिवेदन पदाधिकारीका बीचमा छलफल हुने र आवश्यक कारबाही अघि बढाइने बताएका हुन् ।

प्रचण्डले भने, ‘छानविन समितिका कमरेडहरुलाई धन्यवाद दिन चाहन्छु । यो प्रतिवेदनले पार्टीलाई विधिसम्मत तरिकाले र पार्टीलाई अनुशासित बनाउन मद्यत गर्छ । राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्छ । ’ पार्टीलाई अनुशासीत बनाउन प्रतिवेदनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ।

प्रचण्डले भने, ‘छानविन समितिका साथीहरुले विना कुनै स्वार्थ जे देख्नुभयो त्यहि ल्याउनुभयो । विधिसम्मत पार्टी चलाउन यो प्रतिवेदनले मद्यत पुर्‍याउँछ । अन्य पार्टीलाई पनि सिकाइ हुन्छ । ’

प्रचण्डले राजनीतिलाई सहि ढंगले अघि बढाउन र राजनीतिमा देखिएको विकृति विसंगतिलाई समाधान गर्न प्रतिवेदनको अर्थ रहने बताए ।