देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

 महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै

देशान्तर

काठमाडौं – महाभियोग सिफारिस समितिको बैठक आज बुधबार पनि बस्दैछ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको तेस्रो बैठक बुधबार दिउँसो २ बजे बस्ने लागेको हो ।

मंगलबार बसेको सिफारिस समिति बैठकले जबरालाई यसै साता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ । जसअनुसार जबराले समिति समक्ष यसै साता जवाफ पेश गर्नुपर्ने छ ।

समितिले २९ भदौभित्र जबरामाथि लागेको महाभियोगबारेअध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको हो ।

२०७८ को फागुन १ मा ९८ जना प्रतिनिधि सभा सांसदहरुले जबराबिरुद्ध महाअभियोग दर्ता गराएका थिए । उक्त प्रस्ताव २०७८ फागुन २९ मा प्रतिनिधि सभा बैठकमा पेश भएको थियो । प्रतिनिधि सभाले २०७९ श्रावण २२ मा जबराबिरुद्धको महाअभियोग प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।