देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाण्डौ महानगरद्वारा शङ्खमुल र बानेश्वर क्षेत्रका अनधिकृत संरचनाको निरीक्षण

देशान्तर

काठमाडौँ  – काठमाण्डौ महानगरपालिकाको टोली अनधिकृत संरचना हटाउन शङ्खमुल र बानेश्वर क्षेत्रमा पुगेको छ ।

मेयर बालेन्द्र शाहसहितको टोली शङ्खमुल र बानेश्वर क्षेत्रको अवलोकनमा पुगेको हो । टोलीले अवैध संरचनामा खुलेका पसलहरूको अवलोकन गरिरहेको छ ।

काठमाण्डौ महानगरपालिकाले अनधिकृत रुपमा बनाएका संरचना भत्काउने अभियानलाई निरन्तरता दिएको छ । यसअघि सोमवार बानेश्वरमा केही संरचना भत्काएको महानगरपालिकाले हिजो न्युरोड तथा दरबारमार्ग क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको थियो ।

काठमाण्डौको कोटेश्वरमा पनि त्यस्ता अवैध संरचना हटाउने तयारी छ ।