देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चुनावकेन्द्रित बन्यो एमाले पोलिटब्युरो बैठक

देशान्तर

काठमाडौं – नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक भर्खर सुरु भएको एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बिहीबारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटीमा पेस गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराउनेछन् । यही भदौ १० र ११ गते पार्टीको केन्द्रीय कमिटी बैठकको आयोजना गरिएको छ ।

एमालेले मंसिर ४ गते तोकिएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई केन्द्रित गरी सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको आयोजना गरेको छ । बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेस गर्ने प्रतिवेदनमाथि पोलिटब्युरो सदस्यले धारणा राख्नेछन् ।