देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अल्का अस्पतालद्वारा तीजको अवसरमा महिलाहरुलाई विशेष छुट

देशान्तर

काठमाडौँ – अल्का अस्पतालले तीजको अवसरमा महिलाहरुलाई छुटको योजना ल्याएको छ।

महिलाहरुलाई केन्द्रित गरेर अल्का अस्पतालले यही भदौं १० गतेदेखि १७ गतेसम्म अस्पतालमा उपचार गर्न आएकाहरुलाई ओपिडी सेवामा २० प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको छ।

अस्पतालका सबै सेवामा महिलाहरुलाई २० प्रतिशतसम्म छुट दिएका छौं, अस्पतालकाप्रशासन प्रमुख भगवान केसीले बताए ।
अस्पतालका ओपिडी सेवा आएका सबै महिलाहरुलाई २० प्रतिशतसम्म छुट हुन्छ, प्रशासन प्रमुख केसीले बताए ।

यो छुट विरामीहरुलाई ल्याव परीक्षणमा पनि कायम रहने अस्पतालले जनाएको छ ।ललितपुरको जावलाखेलमा अवस्थित अल्का अस्पतालले १७ वर्षदेखि बिरामीहरुलाई सेवा दिइरहेको छ ।

अल्का अस्पतालको आफ्नै नर्सिङ्क कलेज र पोलिक्लिनिक पनि रहेको छ ।