देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीको प्रतिवेदन :पार्टी प्रवेश गराएर चुनाव जित्ने

देशान्तर

काठमाडौं – नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध भइरहेको घेराबन्दी अभेद्य नभएको बताएका छन् ।

पार्टी कार्यालय, च्यासलमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले अहिले भइरहेको राजनीतिक ध्रुवीकरण तत्कालका लागि चुनौतीपूर्ण भएपनि दिर्घकालीन हिसाबमा सकारात्मक रहेको बताएका छन् ।

राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण, जनजीविकाको उत्थान र समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा एमाले निर्विवाद नेताका रुपमा स्थापित भएको उनको दाबी छ । एमाले अध्यक्ष भनेका छन्, तत्कालका लागि देखिएको प्रतिकुल शक्ति सन्तुलन, हाम्राविरुद्धको घेराबन्दी र बृहत षड्यन्त्र सतहमा हेर्दा चुनौतीपूर्ण देखिएपनि यो अभेद्य छैन ।’

स्थानीय चुनावमा एमालेले सर्वाधिक मत पाएको र पाँच दलले एक्लै लड्न डराएर नयाँ दलहरुलाई गठबन्धनमा थप्न खोजेको ओलीको विश्लेषण छ । राष्ट्रिय हितको रक्षा, लोकतन्त्रको सुदृढीकरण लगायतका उद्देश्यमा सहमत सहयात्रीहरुसँग सहकार्यलाई खुला राख्ने, तर एक्लै पनि सफल हुनसक्छौं भन्ने आत्मविश्वास राख्ने ओलीले बताएका छन् ।

बहुमतका लागि एमालेलाई १६ प्रतिशत मत मात्र अपुग रहेको भन्दै ओलीले चुनावी जितका लागि पार्टी प्रवेशलाई मुख्य अस्त्रका रुपमा अघि सारेका छन् ।

निर्वाचन क्षेत्रको शक्ति सन्तुलन हेरेर प्रतिस्पर्धा रहेको ठाउँमा जित सुनिश्चित गर्न तथा एमाले अगाडि रहेको ठाउँमा जीतलाई कायम राख्न पार्टी प्रवेशको ठोस र मूर्त योजना बनाउनुपर्ने उनले बताएका छन् ।