काठमाडौं – बाँके राष्ट्रिय निकुञ्जले पर्यापर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरेको छ।
निकुञ्जमा पूर्वाधार तयार गर्दै पर्यापर्यटनका लागि प्रकृति तथा संस्कृतिमा असर नपर्ने गरी संरक्षण गतिविधिमा स्थानीय जनसहभागिता बढाउने र जीवजन्तु तथा सांस्कृतिक सम्पदा जस्ता विविध पक्षलाइ समेट्ने क्रियाकलाप भइरहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए।
उनका अनुसार निकुञ्जमा पर्यटनको सम्भावनालाई चिनाउन प्रचारप्रसार र प्रकृतिमा आधारित पर्यापर्यटन प्रवद्र्धनमा जोड दिन थालिएको छ। वन्यजन्तु र मानवबीच हुने द्वन्द्वलाई निकुञ्जका साथै सुरक्षाकर्मी, संरक्षणकर्मी र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले सहकार्यबाट न्यूनीकरण गर्दै आएका छन् । नेपालको कान्छो निकुञ्जको रुपमा चिनिने बाँके राष्ट्रिय निकुञ्जले छोटो अवधिमै संरक्षणमा फड्को मार्दै पर्यापर्यटन प्रवद्र्धनका लागि अगाडि बढेको छ । निकुञ्जमा पूर्वाधार तयार गर्दै पर्यापर्यटनका लागि आकर्षणको केन्द्र बन्न थालेको छ । बाघ संरक्षणको मुख्य उद्देश्य रहेको बाँके निकुञ्जमा बाघको सङ्ख्या बढेर २५ पुगेको छ ।
बाँके राष्ट्रिय निकुञ्ज पर्यापर्यटन प्रवद्र्धनका लागि सरोकारवाला निकाय जुर्मुराउन थालेका छन्। सरोकारवाला निकायबीचको समन्वय र सहकार्यबाट बाँके राष्ट्रिय निकुञ्जमा पर्यापर्यटन विकास गर्न लागिएको निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिकी संस्थापक अध्यक्ष सावित्रा पुनले बताइन्। बाँके निकुञ्ज नेपालका एक सय गन्तव्यमा ५७औँ स्थानमा पर्दछ । विसं २०६७ मा बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके निकुञ्जमा २०१३ मा गणना गर्दा चार बाघ थिए भने २०२२ को गणनामा त्यो सङ्ख्या बढेर २५ पुगेको निकुञ्जले जनाएको छ।
जैविक विविधताको संरक्षण, बाघ र बाघको आहारा प्रजातिको संरक्षण, मध्यवर्ती क्षेत्रका प्राकृतिक स्रोतको नियमन र व्यवस्थापन तथा पर्यापर्यटनको प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप काम भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले जानकारी दिए।
करिब पाँच सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके निकुञ्जमा स्तनधारी, चरा, सरिसृप, प्रजाति पाइन्छ। मुख्यतः बाघको बासस्थानका लागि उपयुक्त मानिएको निकुञ्जमा चौका प्रजाति पनि एक विशेषताका रुपमा देखिएको छ। निकुञ्जको मध्यवर्ती क्षेत्रमा जिप, हात्ती सफारी, जङ्गल भ्रमण, चरा अवलोकन, क्याम्पिङ, हाइकिङ, होमस्टे, ¥याफ्टिङ लगायतका प्याकेजले आन्तरिक पर्यटन प्रवद्र्धन हुँदै गएको छ ।





प्रतिक्रिया