देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आफ्नो भविष्य उज्ज्वल बनाउन तर्फ अग्रसर हुनुस् : गगन थापा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन कुमार थापाले युवापुस्ताहरूलाई आफ्नो भविष्य उज्ज्वल बनाउन तर्फ अग्रसर हुन आग्रह गर्नुभएको छ ।

राजधानीमा आयोजित लुम्बिनी एकेडेमी कलेजको अभिमुखिकरणतथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले युवापुस्ताहरूलाई उज्ज्वल भविष्य बनाउन तर्फ अग्रसर हुन आग्रह गर्नुभएको हो ।

त्यस्तै, लुम्बिनी एकेडेमी कलेजका प्रेन्सिपल रवीन भट्टराईले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै यसवर्ष उज्वल भविष्य निर्माणका लागि विद्यार्थीहरूले सहि गन्तव्य रोज्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

त्यस्तै, कार्यक्रमको विशिष्ट अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवम् शिक्षाविद् तिर्थ खनियाँ, कलेजका प्लस टु कार्यक्रमका संयोजक अञ्जनि कोइराला, विविएम कार्यक्रमका संयोजक रविन्द्र लामाको उपस्थिति रहेको थियो  ।

कार्यक्रममा मनोरञ्जनार्थ कमेडियन गणेश राई, डान्सर विक्रम मोक्तान, राष्ट्रिय फुटबल टीमका नेशनल कोच विष्णु गुरूङ मोटिभेस्नल स्पिकर सहित कलेजका विभिन्न विषयका शिक्षक शिक्षिका, अभिभावक सहित विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कलेजमा कक्षा ११ र १२ तर्फ विज्ञान, व्यवस्थापन, मानविकी, कानुन लगायतका विषयहरू अध्यायन अध्यापन तथा पठनपाठन हुँदै आइरहेको छ भने, व्याचलर तर्फ एमबि एस , बिबिएस, बि सि ए, बिबि एम् लगायतका कोर्सहरू पठनपाठन हुँदै आइरहेका छन्  ।

लुम्बिनी एकेडेमीक कलेज विशेषगरि व्यवस्थापन तथा विज्ञान विषयका लागि उत्कृष्ट कलेजका रूपमा लिइन्छ ।