देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चुनावपछि मुलुक नयाँ दिशामा जान्छ : मन्त्री चौधरी

देशान्तर

काठमाडाैं – सहरी विकासमन्त्री मेटमणि चौधरीले मङ्सिरमा हुने निर्वाचनपछि मुलुक नयाँ दिशातर्फ अघि बढ्ने बताएका छन् ।बुटवलस्थित रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले मुलुकमा संविधानको कार्यान्वयनका लागि गठबन्धन दलहरूलाई विजयी गराउनुपर्ने आवश्यकता औल्याए ।

मन्त्री चौधरीले संंविधानविरोधी तत्वहरूबाट देश बचाउन सबै पार्टी एकजुट हुनुपरेको उल्लेख गरे । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्यसमेत रहेका उनले मुलुक समृद्धिको बाटोमा अघि बढिरहेका बेला फेरि गोलचक्करमा पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताए ।