देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत प्रस्तुति सुरु

देशान्तर

काठमाडौं – नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बैठक सुरु भएको हो । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलबाट निस्केको निष्कर्षको प्रस्तुति सुरु भइरहेको बताए ।

हिजोको बैठकमा प्रतिवेदनमाथि समूहगत छलफल गर्न दशवटा समूह बनाइएको थियो । अहिले समूहका नेताहरूको प्रतिवेदनमाथि समूहगत निष्कर्ष भइरहेको छ ।

समूहगत छलफलका लागि प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशसहित सम्पर्क समन्वय, उपत्यका विशेष, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, जनसङ्गठन तथा प्रवास र केन्द्रीय विभागमा विभाजन गरिएको छ ।समूहगत छलफलपछि आएको सुझावको आधारमा आजै अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित गरेर बैठक सकिने उपप्रमुख रिजालले जानकारी दिए ।