देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्छ’

देशान्तर

काठमाडाैं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोख्रेलले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि-कांग्रेसले गर्ने दावी गरेका छन् ।

प्रतिगमनबाट मुलुक जोगाउन बनेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनपछिको सरकारसम्मै जाने बताउँदै डा. पोख्रेलले उक्त सरकारको नेतृत्व कांग्रेसले नै गर्ने प्रष्ट्याए ।

ओली नेतृत्वको एकल बहुमतको कम्युनिष्ट सरकार पूर्णत असफल भएकोले देशको नेतृत्व कांग्रेसले गर्ने उनको भनाइ थियो । प्रेस युनियन अर्घाखाँचीले शनिबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा‍. पोख्रेलले यस्तो बताएका हुन् ।

कार्यक्रममा पोख्रेलले गठबन्धनभित्रको सिट बाँडफाँड १६ भदौसम्म टुंगो लाग्ने पनि बताए । नेता पोख्रेलले प्यूठानमा गठबन्धनबाट आफू साझा उम्मेदवार बन्ने सम्भावनामाथि पनि संकेत गरे ।

डा. पोख्रेल जनताको साथमा काङ्ग्रेसअन्तर्गत अर्घाखाँचीको कार्यक्रम उद्घाटन गर्न सन्धिखर्कमा आएको कांग्रेस अर्घाखाँचीले जनाएको छ ।