देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पछिल्लो २४ घण्टामा नेपालमा थप १७३ जनामा कोरोना पुष्टि

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा २ हजार ८ सय ३९ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ६ सय ४३ जनाको पीसीआर र २ हजार १ सय ९६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार ३ सय ९६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर ३ हजार ६ सय १२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।