देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेको निर्वाचन परिचालन कमिटी बैठक जारी

देशान्तर

काठमाडौं – नेकपा (एमाले) को निर्वाचन परिचालन कमिटीको बैठक केही अघि सुरू भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको एक नेताले जानकारी दिए ।

उनका अनुसार बैठक मंसिर ४ मा हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा केन्द्रित हुनेछ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय निकाय पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरू सदस्य सो बैठकमा सहभागी रहेको छ ।