देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पछिल्लो २४ घण्टामा २२६ जनामा काेराेना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं – पछिल्लो चौबीस घण्टामा नेपालभर २२६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमनबाट मृत्यु हुनेमा शून्य रहेको छ ।

मन्त्रालयका अनुसार ४ हजार ११ जनाको नमुना परीक्षण गर्दा २२६ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार ५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ जनामा र २ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २२३ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ३ हजार २३५ पुगेको छ ।