देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

फेरि आगामी निर्वाचनमा उम्मेदवार बन्न चाहन्छु : नेता पौडेल

देशान्तर

काठमाडौं –   नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मुलुकमा शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । ‘हामीले नगरे अर्कोले गर्छ, अहिलेको आवश्यकता र वास्तविकता यही हो, स्थिरताका लागि गठबन्धन आवश्यक छ’, सम्पादकहरुसँग राजधानीमा आज भएको छलफलमा वरिष्ठ नेता पौडेलले भने ।

उनले छिमेकी देश तथा शक्ति राष्ट्रसँगको सम्बन्धलाई सुदृढ गर्दै देशलाई उन्नति र प्रगतिको पथमा अघि लैजानु अहिलेको आवश्यकता हो भन्ने बताए । उनले जनताले चाहेको सुशासन र विकासमा राजनीतिक दल र नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिए ।

नेता पौडेलले जीवनमा आफूले लेनदेनको राजनीति नगरेको र मुलुकको विकास गर्न नैतिक, स्वच्छ र चरित्रवान् छवि भएको व्यक्तित्व आवश्यक भएको चर्चा गरे । ‘मुलुकको लागि अझै केही गर्ने हुटहुटी र आकांक्षा छ, त्यसैले फेरि आगामी निर्वाचनमा उम्मेदवार बन्न चाहेको छु’ उनले भने ।