काठमाडौं – सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा सिटको बाँडफाँट गर्न हिजो बसेकोे बैठक निष्कर्षमा नपुगी सकिएक पछि आज पनि बस्ने भएको हो ।
हिजो साँझ ५ बजेदेखि ८ बजेसम्म सिट बाँडफाँटको विषयमा छलफल गरेका शीर्ष नेताहरु सहमतिमा पुग्न नसकेपछि आज पुनः बस्ने गरी बैठक अन्त्य गरेका हुन ।
बुधबार कार्यदलका सदस्यहरुलाई तयारी अवस्थामा राखेर शीर्ष नेताहरु छलफलमा जुटे पनि कुनै पनि दलले दाबी नछोडेपछि नेताहरु यसै उठेका थिए ।
चुनावी तालमेल गर्दा आफूहरुले १०० सिट पाउनुपर्ने दावी नेपाली कांग्रेसले गरेको छ । माओवादीले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटको दावी गरेका छन् । कांग्रेसले आफ्नो अडान नछोडेपछि अरु दलहरूले पनि दावी नछोडेका हुन् ।





प्रतिक्रिया