देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिन्धुलीमा चुनावी चहलपहल बढ्दै

देशान्तर

काठमाडौं – सिन्धुलीमा चुनावी चहलपहल बढ्दै गएको छ। आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन केन्द्रित छलफल तथा कार्यक्रम जिल्लाका ७९ वडामै भइरहेको छ। नेता र कार्यकर्ताले मतदातासित भेटघाट बाक्लो बनाउँदै गएका छन्।

चिया पसलदेखि चौतारोसम्म पार्टीका नेता तथा कार्यकर्ता छलफलमा व्यस्त देखिन्छन्। राजनीतिक दलले चुनाव केन्द्रित गतिविधि बढाउँदै लगेका छन्। उनीहरू निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न कसर गर्दैछन्। दैनिक जिल्लास्तरीय तथा वडास्तरीय सभा, समारोह जारी छन्।

नेपाली कांग्रेसले शुक्रबार फिक्कल गाउँपालिमा बृहत् प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ । निर्वाचनलाई लक्षित गरेर उक्त कार्यक्रमको आयोजना गरिएको पार्टीका जिल्ला सभापति उपेन्द्रकुमार पोखरेलले जानकारी दिए। दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहका नेता, कार्यकर्ताको उपस्थिति रहने बताइएको छ।

नेकपा (एमाले) सिन्धुलीले बुधबार मरिण गाउँपालिका–४ सहान रङ्गशालामा जिल्लास्तरीय सभा गरेको छ। सभालाई एमाले महासचिव शङ्कर पोखरेलले सम्बोधन गरेका थिए। एमाले जिल्ला अध्यक्ष रामकुमार कार्कीका अनुसार एमालले जिल्लाभरी विभन्न भेला र छलफल कार्यक्रम आयोजना गर्न गइरहेको छ । यसैगरी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी)ले पनि निर्वाचलन लक्षित विभिन्न कार्यक्रम गर्दैआएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय संयोजक रवि लामिछाने आज कमलामाई नगरपालिका–६ धुराबजारमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदैछन् ।

यसैबीच राष्ट्रिय भूमि आयोग सिन्धुलीका अध्यक्ष रामकुमार पौडेल एमालेमा प्रवेश गरेका छन्। उनी माओवादी केन्द्रबाट आयोगको अध्यक्षमा नियुक्त भएका थिए।