देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन : प्रधानमन्त्री देउवा

देशान्तर

काठमाडाैं – प्रधानमन्त्री शेरबहादुर देउवाले तालाबन्दी र हड्तालले विश्वविद्यालयको समस्या समाधान नहुने बताएका छन् ।

शुक्रबार शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले तालाबन्दी र हड्तालले विश्वविद्यालयको समस्या समाधान नहुने भन्दै राजनीतिक पूर्वाग्रह त्याग्न आग्रह गरे ।

त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि नेविसंघले तालाबन्दी गरेको छ भने यस विषयलाई लिएर सडक र सदनसम्म आवाज उठिरहेको छ ।

राजनीतिक आग्रह र पूर्वाग्रह त्यागेर विश्वविद्यालयका समस्या पहिचान गर्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले विभिन्न चुनौतीबाट गुज्रिएको विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।

विश्वविद्यालयको समस्या समाधान गर्न र शिक्षा क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेका उनले बताए ।