देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसदको आयु लम्वाउन विधेयक संसदमा लैजानु संविधान विपरित : उपमहासचिव ज्ञवाली

देशान्तर

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचनपछि पनि वर्तमान सरकारको आयु लम्वाउने विधेयक संसदमा लैजानु मुलककै लागि लाजमर्दो विषय भएको बताएका छन् ।

निर्वाचन घोषणापछि काम चलाउ रुपमा रहेको सरकारले महत्वपूर्ण विधेयक अगााडि सार्नु संविधान विपरित काम गर्दै आएको उपमहासचिव ज्ञवालीले बताएका हो । आइतबार प्रेस चौतारी पाल्पाले तानसेनमा गरेको पत्रकार सम्मेलमा बोल्दै उपमहासचिव ज्ञवाली आगामी निर्वाचनमा निश्पक्ष नहुने गरी सत्ता गठबन्धन विभिन्न आंशकागत गतिविधि गर्दै आएको बताए।

उपमहासचिव ज्ञवालीले गठबन्धन विरुद्ध एक्लै चुनाव लड्ने तागत एमालेसँग भएपनि ठाउँ-ठाउँमा आवश्यकता अनुसार तालमेलको लागि ढोका खुला राखेको बताए ।

सरकारमा रहेका दलहरु भाग बण्डामा लागेर देशलाई अस्थिरताको बाटोमा लगिरहेको उनले आरोप लगाएका छन् ।