काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङदेनले सांसद पद त्यागेको घोषणा गरेका छन्।
आईतबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद लिङदेनले प्रतिनिधि सभाको यस कार्यकालमा सांसदको रुपमा संसदमा उपस्थित नहुने घोषणा गरेका हो । उनले आफूले पाउने तलव, भत्ता तथा सुविधाहरुको समेत रोक्का गर्न संसद सचिवालयलाई आग्रह गरे।
उनले संसदको आयु मंसिर ४ गतेको निर्वाचनपछि पनि कायम राख्नेगरी प्रक्रिया अघि बढेपछि त्यसप्रति असन्तुष्ट हुँदै सांसद पद त्याग गर्ने निर्णय लिएको जानकारी दिए। सांसद लिङदेनले निर्वाचन घोषणा भएसँगै संसदको आयु जीवित राख्नु नहुने पक्षमा आफू र आफ्नो पार्टी रहेको उल्लेख गर्दै आफू अनैतिक काममा सहभागित हुन नसक्ने बताए ।
सांसद लिङदेनले आगामी निर्वाचनपछि एक्लो सांसदको रुपमा मात्र नभई बलियो पार्टीको रुपमा संसदमा उपस्थित हुने र संसदबाट गलत निर्णय गर्न नदिने संकल्पका साथ जनतामा जाने बताए ।





प्रतिक्रिया