देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधि सभामा नेपाल ऐन संशोधन गर्ने विधेयक प्रस्तुत

देशान्तर

काठमाडौं – प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ प्रस्तुत भएको छ ।

प्रतिनिधि सभाको आईतबार बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)  ले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई प्रस्तुत गरेका हो । उनले प्रतिनिधि सभामा बोल्दै संसदको कार्यकालको विषयलाई स्पष्ट पार्नका लागि विधेयक ल्याउनुपरेको बताए ।

उनले विधेयकले प्रतिनिधि सभाको कार्यकाल पहिलो बैठक बसेको मितिबाट शुरु हुने र नयाँ निर्वाचित भएर आएको प्रतिनिधि सभाको पहिलो बैठकबाट सकिने व्यवस्था गरेको उल्लेख गरे । उनले विधेयकले गरेको व्यवस्था संविधानले अगाडी सारेको सिद्धान्तलाई कार्यान्वयन गर्ने प्रयोजनले नै राखिएको स्पष्ट पारे ।

उनले प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा अस्पष्टता रह्यो भने खतरा पैदा हुने बताए ।