देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

असनको फुटपाथ खालि गराउन नगर प्रहरीको माइकिङ

देशान्तर

काठमाडौं – काठमाडौं महानगरपालिकाले असन क्षेत्रका फुटपाथको व्यापार हटाउन थालेको छ ।

इन्द्रचोक क्षेत्रमा पछिल्लो समय अव्यवस्थित रुपमा सञ्चालनमा भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि फुटपाथमा राखिका पसलहरु पनि हटाउन सुरु गरेको हो ।

काठमाडौं महानगरको नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खालि गराउन थालिएको बताए । असन क्षेत्रमा हिँड्ने मान्छेका लागि फुटपाथमा राखेका भाँडाकुँडा, क्रिष्टलका सामग्रीहरु, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्रीहरु भोलि बिहानसम्म हटाउन निर्देशन दिएको पाण्डेले बताए ।

‘सडकपेटीसम्म राखेका केही सामग्री अहिले नै हटाएका छौं । भोलिसम्म नहटाए हाम्रो गाडी गएर उठाउँछ, अहिले असनका व्यापारीहरुलाई माइकिङ गरेर हटाउन आग्रह गरेका छौं,’ पाण्डेले भने ।

असनका साँघुरा गल्लीका दुबैतिरको फुटपाथमै पसल थापेपछि यात्रुहरुलाई आउजाउ गर्न समस्या हुने गरेको छ ।