देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देशको दुर्गति के कारणले भएको हो पहिल्याउन आवश्यक : प्रधानमन्त्री देउवा

देशान्तर

काठमाडौं – प्रधानमन्त्री शेरबहादर देउवाले कर्मचारीको सहयोग बिना देश अघि बढ्न नसक्ने बताएका छन् ।

निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कर्मचारीको सहयोग बिना देशको विकास हुन नसक्ने बताए । प्रधानमन्त्ती देउवाले देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको बताए । उनले देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको बताए ।

उनले कर्मचारीहरु दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको बताए। प्रधानमन्त्री देउवाले स्थानीय, प्रदेश र केन्द्रिय कर्मचारीतन्त्र रहेको बेलामा समेत देश विकास हुन नसकेको गुनासो गरे । उनले कर्मचारीले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय नलाग्ने बताए । उनले कर्मचारीहरु नै स्थायी सरकार रहेको उल्लेख गर्दै राजनीतिक दलहरुले मात्रै गरेर केही नहुने बताए ।

प्रधानमन्त्री देउवाले सबै ठाउँमा जिम्मेवार भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । उनले देश विकासको लागि काम गर्न कर्मचारीहरुलाई चाहिने सुविधा दिन सरकार तयार रहेको उल्लेख गरे ।