देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपमेयर सुनिता डंगोलद्वारा आफ्नो एक सय दिनको काम सार्वजनिक

देशान्तर

काठमाडौँ – काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफ्नो एक सय दिनको कामसँगै आउँदो योजना सार्वजनिक गरेकी छन् । उनले एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजना सार्वजनिक गरेकी हुन् ।

यसबीचमा पुराना २ सय ४४ वटा विवादमा न्यायिक सुनुवाई भएको र ५१ वटा विवाद निरुपण भएको उनले जानकारी दिएकि छिन् । महानगरपालिकाका बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने तथा समस्या बुझ्ने काम गरेको उनको भनाइ छ । फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल सुरु भएको, वडास्तरीय महिला सेल गठन भएको, शिक्षा क्षेत्रमा सुधारको प्रयास भएको, इन्द्रजात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न पहल गरेको, नेपालभाषाको डिजिटल शब्दकोष निर्माण सुरु गरेको, सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमन कार्यलाई प्राथमिकता दिएको विवरण उनले सार्वजनिक गरेकी छन् ।

उपमेयर डंगोलले करको दायरा वृद्धि गरी वैज्ञानिक कर निर्धारण विधिलाई आत्मसाथ गर्न राजस्व परामर्श समितिबाट नगरसभाको निर्णय वमोजिम सहजीकरण भइरहेको, सबै मेलमिलाप केन्द्रको स्तरीकरण गरी वडा तहमै विवाद समाधान गर्नका लागि प्रयासहरु थालनी गरिएको, सूचना प्रविधिको माध्यमबाट न्याय सम्पादनलाई छिटो, छरितो र प्रभावकारी बनाउनेतर्फ कारबाही अघि बढेको लगायतका योजनाबारे पनि जानकारी दिएकि छन् ।