देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय सभाका ४ वटा विषयगत समितिका सभापति निर्विरोध

देशान्तर

काठमाडौँ – राष्ट्रिय सभाका चार वटा विषयगत समितिका सभापति निर्विरोध हुने पक्का भएको छ ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रिय सभाका चार वटा विषयगत समिति सभापतिको चुनावका लागि चार जनाको मनोनयन दर्ता भएको जानकारी दिए। हरेक समितिमा एकरएक जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध हुने पक्का छ ।

जसअनुसार दिगो विकास तथा सुशासन समिति सभापतिमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले मनोनयन दर्ता गराएका छन् । त्यस्तै विधायन व्यवस्थापन समिति सभापतिका लागि वेदुराम भुसालले मनोनयन दर्ता गरेका छन् । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा मायाप्रसाद शर्माको मनोनयन परेको छ । त्यस्तैगरी राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थापा पार्वतीको मनोनयन दर्ता भएको छ ।

चार वटै विषयगत समितिको सभापतिहरूको चुनाव भोलि बिहीवार हुने कार्यतालिका तय भए पनि निर्विरोध उम्मेदवारी परेकाले भोलि १ बजेपछि औपचारिकरूपमा घोषणा गरिने राष्ट्रिय सभाका सचिव फुयाँलले जानकारी दिए ।