देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय सभाका नवनिर्वाचित चार सभापतिले लिए सपथ

देशान्तर

काठमाडौं – राष्ट्रिय सभा अन्तर्गत ४ वटा विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नव निर्वाचित समिति सभापतिहरुलाई बिहीबार पद तथा गोपनियताको शपथग्रहण गराएका हो ।

चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेपछि आजै बसेका सम्बन्धित समितिको बैठकले निर्विरोध सभापति चयन गरेको थियो । जसअनुसार दिगो विकास तथा सुशासन समिति सभापतिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा। वेदुराम भुषाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थापा पार्वतीले शपथ लिएका छन् ।

शपथग्रहण कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोईराला पनि सहभागी थिए ।