देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘जनताको साथमा कांग्रेस’, चितवन पुगे देउवा

देशान्तर

काठमाडाैं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आइपुगेका छन् । नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन आएका हुन् ।

बिहान ११ः१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उनी चितवन पुगेका  हुन् । प्रधानमान्त्री देउवाले आज चितवन कांग्रेसका जिल्ला नेता कार्यकर्ता भेट गर्ने कार्यक्रम रहेको छ ।

दिउँसो १२ बजे विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भएकाे  अभियानको समापन एवं सम्मान कार्यक्रममा सहभागी भएर दिउँसो २ बजे काठमाडौं फर्कने कार्यक्रम छ ।