देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नाराले मात्रै विकासको सपना पूरा हुँदैन : नेता सिंह

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै विकासको सपना पुरा नहुने बताएका छन् । शुक्रबार काठमाडौंको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन गर्दै नेता सिंहले मुलुकको विकासका सपना पूरा गर्न नारा नभएर काममा ध्यान दिनुपर्ने बताएका हुन् ।

उनले नारालाई काममा रुपान्तरण गर्न जनप्रतिनिधि र समूदायबीच सहकार्य हुनुपर्ने जिकिर गरे । नेता सिंहले राम्रा प्रतिनिधि चयन गर्दा त्यसको प्रतिफल कस्तो हुन्छ भन्ने उदाहरण काठमाडौंमा क्षेत्र नंवर १ ले देखाएको दावी समेत गरेका थिए ।

उनले समुदायमा काम गर्दा पारदर्शी रुपले गर्नुपर्ने धारणा राखेका थिए । नेता सिंह र बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठद्वारा सांसद विकास कोष अन्तर्गतको रकमबाट सामुदायिक भवन एवं सुवर्ण पार्क निर्माण गरिएको हो ।