देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विकास निर्माणमा सङ्घसंस्थाको महत्वपूर्ण भूमिका : मन्त्री थापा

देशान्तर

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभामन्त्री विन्दुकुमार थापाले स्थानीय विकास निर्माणमा सामाजिक सङ्घसंस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

पोखरा महानगरपालिका–८ वगालेटोलमा स्थानीय सक्रियतामा ८५ लाखको लागतमा निर्माण सम्पन्न गरिएको तीनतल्ले बहुद्देश्यीय सामुदायिक भवनको आज उद्घाटन गर्दै उनले भवन समाजका सम्पूर्ण जातजातिका लागि बहुपयोगी बन्ने विश्वास व्यक्त गरे ।

विकास निर्माणका लागि प्रदेश सरकार समाजिक सङ्घसंस्थासँग समन्वय र सहकार्यका आधारमा साझेदारी गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताउँदै उनले सामुदायिक भवन आयआर्जनको माध्यम बन्नुपर्ने आवश्यकता औँल्याए ।

विपद्को अवस्थामा उपयोगी बन्ने खुल्ला जग्गाको संरक्षणमा स्थानीय समुदायले ध्यान दिनुपर्नेमा जोड दिँदै मन्त्री थापाले शान्तिघाटस्थित शवदाहस्थललाई सञ्चालन गर्न आवश्यक पहल गर्ने विश्वास व्यक्त गरे ।