देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

त्रिचन्द्र कलेजमा नेविसंघ र प्रहरीबीच झडप

देशान्तर

काठमाडौं – सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघमा आबद्ध विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

आइतबार काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेजबाहिर झडप भएको हो ।

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले पुत्ला दहन गरेको थियो । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुंगा प्रहार गरेको थियो ।

नेविसंघले बाटो अवरुद्ध गरेर प्रदर्शन गर्दा केही समय घन्टाघर आसपासको सवारी आवागमन अवरुद्ध भएको थियो ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन् ।