देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२४ घण्टामा २ सय ३ जनामा कोरोना सङ्क्रमण

देशान्तर

काठमाडौँ – पछिल्लो २४ घण्टामा दुई सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी पाँच हजार ५९ जनाको नमुना परीक्षण गर्दा दुई सय तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा एक सय २६ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा दुई हजार दुई सय ३२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

थप चार लाख २९ हजार आठ सय सात जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।