देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले द्वारा दोलखा जुंगु घटनाको निन्दा

देशान्तर

काठमाडौं। नेकपा एमालेले स्थानीय तहको निर्वाचनका सिलसिलामा दोलखाको गौरीशङ्कर गाउँपालिका– २ मा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट आफ्ना कार्यकर्ता कुलबहादुर तामाङको निधन भएकामा निन्दा गरेको छ ।

गौरीशङ्कर– १ मा पार्टीका तर्फबाट वडा सदस्यका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुर सहितले जुगुस्थित नीलकण्ठेश्वर मावि नजिकै होटलमा खाना खाइरहेको बेला माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणका कारण निधन भएको आरोप लगाउँदै सो दलले बुधवार एक विज्ञप्ति जारी गर्दै सो घटनाको निन्दा गरेको हो ।

पार्टीका पूर्व गाउँ कमिटी सचिव दिलबहादुर बुढाथोकीलाई घरमै पुगेर आक्रमण गर्दा उनी गम्भीर घाइते भएको आरोप पनि विज्ञप्तिमा लगाइएको छ ।

एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको सो विज्ञप्तिमा ती घटनामा संलग्न सबैलाई तुरुन्त गिरफ्तार गरी कारबाही चलाउन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरिएको छ ।